कोरोनाका कारण गण्डकी प्रदेशमा थप दुई जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले पछिल्लो समय जारी गरेको विज्ञप्तिमा जनाएअनुसार मृत्यु हुने दुबै जना नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुन् ।
मृत्यु हुनेमा कावासोती–६, का ६७ वर्षीय पुरुष र सोही जिल्लाको गैडाकोट–२ की ७७ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको पछिल्लो समयको अध्यावधिक सहितको विज्ञप्तिमा जनाइएको छ ।
निजहरुको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानिमा घर–परिवारले नै दाहसंस्कार गरेको जानकारी स्वास्थ्य कार्यालय प्रमुखबाट जानकारी प्राप्त भएको छ। यससँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या ७८ पुगेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा एक अमेरिकी नागरिकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ सेदीमा आज…





