कार्तिक १६ पोखरा । गण्डकी प्रदेशका विभिन्न जिल्लामा आइतबार एकै दिन ४२४ जनामा कारोना संक्रमणको पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको १ हजार २३० नमुना परिक्षणका क्रममा २६१ जना पुरुष र १६३ जना महिला गरि ४२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।
निर्देशनालयका अनुसार आज सबैभन्दा बढी कास्कीका २८३ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै तनहुँका ४१ जना, नवलपुर वर्दघाट सुस्ता पूर्वका ३१ जना, लमजुङका १९ जना, पर्वतका १३ जना, गोरखाका १२ जना, बाग्लुङका ९ जना, म्याग्दीका ६ जनामा संक्रमण भएको छ ।
योसंगै प्रदेशभर संक्रमित हुनेको संख्या ७ हजार ७४० पुगेको छ ।
प्रदेशमा सोही अवधीमा ११४ जना कोरोना मुक्त भएका छन् । योसंगै हालसम्म कोरोना मुक्त हुनेको संख्या ४ हजार ३३५ पुगेको छ । भने कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५ जनाको ज्यान गुमेको छ प्रदेशभर हालसम्म ज्यान गुमाउनेको संख्या ८० पुगेको छ भने ३२२५ जना आइसोलेसनमा रहेका छन् ।
निर्देशनालयका अनुसार सबैभन्दा बढी सक्रिय संक्रमित कास्कीमा छन् । हालसम्म कास्कीमा २६५२ जनामा कोरोना संक्रमणको पुष्टि हुँदा ७७२ जना संक्रमण मुक्त र २९ जनाले ज्यान गुमाएसंगै ७७२ जना आइसोलेसनमा छन् ।
यस्तै नवलपुरमा सक्रिय संक्रमितको संख्या ५७५ पुगेको छ । जिल्लाका १,६९४ जनामा सक्रमण पुष्टि हुँदा १,१०२ जना निको भएका छन् भने १७ जनाको मृत्यु भएको छ ।
तनहँुमा पुष्टि ८३५ जना संक्रमितमध्य ५२३ जना निको, ११ जनाको मृत्यु भएसंगै ३०१ जना आइसोलेसनमा रहेका छन् ।
यस्तै बाग्लुङमा ४८२ जना कोरोनामुक्त भएका छन् । ५ जनाको संक्रमणबाट मृत्यु भएको छ । जिल्लामा संक्रिय संक्रमित १९५ जना छन् । बाग्लुङमा हालसम्म ६८२ जनामा संक्रमणको पुष्टि भएको छ ।
यस्तै पर्वत र स्याङ्जामा ४८–४८ जना सक्रिय संक्रमित छन् । पर्वतका १९२ जना संक्रमित मध्य १४३ जना निको भएका छन् भने एक जनाको ज्यान गुमेको छ । यस्तै स्याङ्जाका ५३७ जना संक्रमितमध्य ४८३ जना कोरोना मुक्त र ६ जनाको मृत्यु भएको छ ।
उता, लमजुङमा हालसम्म ५४८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्य ५१० जना निको र एक जनाको मृत्यु भएसंगै जिल्लामा सक्रिय संक्रमित ३७ जना छन् ।
यस्तै मुस्ताङमा हालसम्म २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । एक जनाले स्वास्थ्य लाभ गरेका छन् भने एक जना आइसोलेसनमा छन् ।
मनाङमा संक्रमण पुष्टि भएका ९ जना सबै कोरोना मुक्त भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
प्रदेशमा हालसम्म ९० हजार ४२५ जनाको पिसीआर परिक्षण गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । हुन्डाईको नयाँ कम्प्याक्ट एसयूभी ‘द अल न्यू हुन्डाई भेन्यु’ पोखरा…






