पोखराका ६ सहित थप ८३ जनामा कोरोना संक्रमण


     एभरेस्ट आवाज    
     कार्तिक २१ गते २०७७ मा प्रकाशित




कार्तिक २१ पोखरा । कास्की ६ जनासहति प्रदेशका ७ जिल्लाका थप ८३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा उनिहरुमा संक्रमण पाइएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले पुष्टि गरेको छ ।

यो सहित प्रदेशमा कोरोना संक्रमितको संख्या आठ हजार ७३९ पुगेको छ ।

यसरी थपिनेमध्य कास्कीको पोखरा महानगरपालिकाका ६ जना, बाग्लुङको बाग्लुङ नगरपालिका, ताराखोला र काठेखोलाका गरि १२ जना, तनहुँको भानु, घिरिङ र ब्यास नगरपालिकाका गरि २३ जना छन् ।

यस्तै स्याङजाको पुतलीबजारका ९, पर्वतका ३, गोरखाका १ र नवलपुरका २९ जनामा संक्रमण पाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।