साङ्केतिक तस्विर
तनहुँको व्यास नगरपालिका–४ निवासी दुवै मिर्गौलापीडित अब्दुल गफारको उपचारका लागि तनहुँ समाज अष्ट्रेलियाबाट आर्थिक सहयोग प्राप्त भएको छ । व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले तनहुँ समाज अष्ट्रेलियाबाट प्राप्त भएको ४१ हजार ५०५ रुपियाँ शुक्रबार गफारको पत्नी सायरा बुनु कोपिलालाई हस्तान्तरण गरेका हुन ।
सो अवसरमा सहयोग जुटाउन सक्रिय भूमिका खेलेका समाजसेवी युवा अभियानकर्मी लक्ष्मीभक्त खनाल र व्यास युथ क्लबको अध्यक्ष मीनबहादुर गुरुङको सहभागिता रहेको थियो । विभिन्न सञ्चारमाध्यमबाट दुवै मिर्गौला प्रत्यारोपणका लागि रकम अभाव भएको थाहा पाएपछि सहयोग गरेको समाजका महासचिव सूर्य खनालले बताए ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







