चर्चित र्यापर आशिष राना ‘लाउरे’ ब्राउन सुगर सेवन गरेको आरोपमा पक्राउ परेका छन्। ऱ्यापर ‘लाउरे’लाई प्रहरीले पोखराबाट पक्राउगरेको छ ।
उनलाई पोखराको न्युरोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले जानकारीदिए। लागूऔषध सम्बन्धी कसूरमा उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले बताए ।प्रहरीले रानासँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको छ ।
लागूऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेको थापाले जानकारी दिए । बिहीबार अदालत बिदा भएकाले शुक्रबार अनुसन्धानकालागि अनुमति लिएर थप प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।’लाउरे’ हाल रियालीटि शो हिमालय रोडिजका निर्णायक मध्येका एक हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको लामाचौरस्थित अल्फा बोर्डिङ स्कुलमा ’युनाइटेड काउन्सिल ट्रफी २०८३’ सुरु भएको छ।…







