कार्तिक २४ पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ११ पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार विज्ञप्ति जारी गरी पोखराका २ पुरुष र २ जना महिलाको मृत्यु भएको पुष्टि गरेको हो
यसरी मृत्यु हुनेमा पोखरा–१० का ८६ वर्षीय पुरुषको आइतबार फिस्टेल अस्पताल, पोखरामा उपचार क्रममा मृत्यु भएको छ । उनमा गत कात्तिक १९ मा कोभिड–१९ पुष्टि भएको थियो ।
यसैगरी, पोखरा ११ की ६० वर्षीय संक्रमित पुरुषको सोमबार गण्डकी मेडिकल कलेज, पोखरामा उपचारक्रममा मृत्यु भएको छ । ती पुरुषमा गत कात्तिक १६ मा कोरोना पुष्टि भएको थियो ।
पोखरा–१७ का ७४ वर्षीया महिलाको आइतबार साँझ गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उनमा हिजो नै संक्रमण पुष्टि भएको थियो ।
यस्तै पोखराकै ८२ वर्षिय महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । गत कार्तिक २२ गते संक्रमणको पुष्टि भएकी उनको उपचाका क्रममा पोखराको फुलबारी स्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
यसअघि कास्कीका ४५ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







