कार्तिक २४ पोखरा । सोमबार नेपालमा थप दुई हजार ५७१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
देशभर ११ हजार १७७ जनामा गरिएको नमुना परिक्षणमा सो संख्यामा संक्रमित थपिएको हुन । आज थपिने मध्य एक हजार ५१ जना महिला र एक हजार ५२० जना पुरुष छन् ।
यो सहित नेपालमा हालसम्म संक्रमणको पुष्टि हुनेको संख्या १ लाख ९७ हजार २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधीमा एक हजार ७९८ जना संक्रमणमुक्त भएका छन् । योसंगै नेपालमा हालसम्म १ लाख ५९ हजार ७२४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयले कोरोना निको हुने दर ८१ प्रतिशत रहेको जनाएको छ ।
यसैगरी हालसम्म कोरोनाबाट ११२६ जनाको मृत्यु भएको छ भने बितेको २४ घण्टामा १८ जनाको मृत्यु भएको छ ।
हालसम्म १५ लाख ५१ हजार २५४ जनाको पीसीआर भएको छ भने क्वारेन्टाइनमा ९६७ जना रहेका छन् । यस्तै सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ जना रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







