सरकारले कोरोना परीक्षण र उपचार निःशूल्क गर्ने


     एभरेस्ट आवाज    
     कार्तिक २५ गते २०७७ मा प्रकाशित




कार्तिक २५ काठमाण्डौं । सरकारले सबै नागरिकको कोरोना परिक्षण र उपचार निःशूल्क गर्ने निर्णय गरेको छ ।

सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सबै सरकारी अस्पतालबाट कोभिड संक्रमितको निःशूल्क उपचार र सरकारी प्रयोगशालाबाट निःशूल्क परीक्षण गर्ने निर्णय गरेको हो ।

यसअघि निश्चित वर्गको मात्रै परीक्षण तथा उपचार निःशूल्क गर्ने सरकारको निर्णयको चौतर्फी आलोचना भएपछि सरकार आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पताल र प्रयोशालाबाट निःशूल्क उपचार र परीक्षण गर्ने निर्णयमा पुगेको हो ।

यस्तै सरकारले कोरोनाविरूद्ध खोप तयार भएका मुलुकहरूबाट परराष्ट्र मन्त्रालयको समन्वयमा खोप खरिद्को प्रक्रिया अघि बढाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

त्यसैगरि मंसिरदेखी संघिय सरकारका मन्त्रीहरुले आगामी चैतसम्मको आधा तलब कोरोना कोषमा जम्मा गर्ने भएका छन् ।

बैठकले बंगलादेशबाट मल खरिद गर्ने निर्णय पनि गरेको छ । यसअघि बंगलादेशबाट फिर्ता गर्ने गरि बंगलादेश सरकारसंग ५० हजार मेट्रिक टन मल पैंचोमा ल्याउने र पछि फिर्ता गर्ने दुबै सरकारविच कुराकानी भएको थियो ।

तर पछि बंगलादेशले पैंचो नभई किनेर लैजान भनेपछि सो प्रक्रिया अवरुद्ध भएको थियो ।




सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।