कोरोना संक्रमित संख्या दुई लाख नजिक, ८५३ संक्रमित आज ‘डिस्चार्ज’


     एभरेस्ट आवाज    
     कार्तिक २५ गते २०७७ मा प्रकाशित




कार्तिक २५ काठमाण्डौ । नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या झण्डै दुई लाख नजिक पुगेको छ ।

मंगलबार देशभरका प्रयोगशालाबाट १२ हजार ९६० जनामा गरिएको नमुना परिक्षणमा दुई हजार ७३६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ९९ हजार सात सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा एक हजार ६७७ जना पुरुष र एक हजार ५९ जना महिला छन् ।
मन्त्रालयका अनुसार आज सबैभन्दा बढी बाग्मती प्रदेशका एक हजार ७८८, लुम्बिनी प्रदेशका २७९, प्रदेश १ का २५३, गण्डकी प्रदेशका २०९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का ९८ , सुदुरपश्चिमका ९६ र कर्णाली प्रदेशका १३ जनामा संक्रमित थपिएका छन् ।

सोही अवधीमा आठ सय ५३ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ६० हजार पाँच सय ७७ पुगेको छ ।

अब नेपालमा ३८ हजार ३५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै एक हजार ५८ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा २२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय ४८ पुगेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।