भारतीय राजदुतावास पेन्सन बितरण कार्यालय पोखरामा इन्टर बटालियन भू.पू.भलिबल च्याम्पियनसिप शुरु , १८ टिमको सहभागिता रहने


     एभरेस्ट आवाज    
     फागुन २२ गते २०७८ मा प्रकाशित





पोखरा । भारतीय राजदुतावास पेन्सन बितरण कार्यालय पोखराद्वारा आयोजित सेकेण्ड इन्टर बटालियन भू.पू.भलिबल च्याम्पियनसिप प्रतियोगिता क्याम्प परिसरमा शुरु भएको छ । प्रतियोगिताको पेन्सन बितरण कार्यालय पोखराका प्रमुख ले.कर्णेल सशांक त्रिपाठीले रेफ्रिलाई बल हस्तान्तरण गरि उद्घाटन गरे ।
च्याम्पियनसिपमा गोर्खा राइफल्समा आबद्द १८ वटा टिमको सहभागिता रहेको क्याम्पका बरिष्ठ कर्मचारी भरतभुषण पाण्डेले जानकारी दिए । ६/८ जि.आर. र २/९ जि.आर.बिच भएको उद्घाटन खेलमा ६/८ जि.आर.ले २/९ जि.आर.लाई २-० को सोझो सेटमा जित हासिल गरेको छ । बरिष्ठ कर्मचारी पाण्डेका अनुसार बिजेतालाई नगद रु २५ हजार र मेडल, प्रमाण र उप बिजेतालाई नगद रु १५ हजार, मेडल र प्रमाण पत्र रहेको छ ।
क्याम्पले भारतिय स्वतन्त्रता दिवसको ७५ औं बर्षगांठ (अमृत महोत्सव) को अवसरमा आयोजना गरेको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।