पोखराका १४५ सहित प्रदेशका थप १८२ जनामा कोरोना संक्रमण


     एभरेस्ट आवाज    
     कार्तिक २६ गते २०७७ मा प्रकाशित




कार्तिक २६ पोखरा । पोखराका एक सय ४५ सहित गण्डकी प्रदेशका दुई सय ८२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणको नतिजा सार्बजनिक गर्दै यसको पुष्टि गरेको हो ।

योसहित प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या नौ हजार ७०३ पुगेको छ ।

यसरी आज थपिनेमा कास्कीका १४५, बाग्लुङका १२, तनहुँका ७, नवलपुर, स्याङ्जा र पर्वतका ३–३ जना, र लमजुङका एक जना छन् । कास्कीमा थपिएका सबै संक्रमित पोखरा महानगरपालिकाका हुन् ।

उनीहरुको क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान , बि.पि कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवन , भरतपुर अस्पताल , चितवन र लाइफ केयर एण्ड डाइग्नोष्टिक प्रा.लि. पोखरामा नमुना परिक्षण गरिएको थियो ।

निर्देशनालयले पहिलो पटक पोखराका ८३ सहित १०३, दोस्रो पटक पोखराका ३६ सहित ४७, तेस्रो पटकमा चार, र चौंथो पटक पोखराका २६ सहित २८ जना संक्रमित थपिको विज्ञप्ती मार्फत अध्यावधिक गराएको छ ।

यस्तै सोही अवधीमा कोरोनाबाट कास्कीको रुपा गाउँपालिका एक ७६ वर्षिय कोरोना संक्रमित पुरुषको पनि आज विहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।