गण्डकीमा ४८ सय बढी सक्रिय संक्रमित, थप २ सयमा कोरोना पुष्टि


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०७७ मा प्रकाशित




कार्तिक २७ पोखरा । गण्डकी प्रदेशमा चार हजार आठ सय बढी सक्रिय संक्रमित रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

प्रदेशमा हालसम्म संक्रमण पुष्टि भएका नौ हजार ९०३ जना मध्य चार हजार ९७९ जना डिस्चार्ज र ११४को मृत्यु भएसंगै सक्रिय संक्रमितको चार हजार ८१० भएको हो ।

पछिल्लो २४ घण्टामा ६४७ जनामा गरिएको परीक्षणमा आज थप दुई सय जनामा कोरोना संक्रमण पाइएको छ । आज थपिनेमध्य सबैभन्दा बढी कास्कीको पोखराका ६३ र रुपा गाउँपालिकाका ६ गरि ६९ जना छन् । यस्तै नवलपुर वर्दघाट सुस्ता पूर्वका ४८, तनहुँका ४७, स्याङ्जाका १२, लमजुङका ८, पर्बत र बाग्लुङका ५–५, गोरखाका २ र म्याग्दीका एक जना छन् ।

उनीहरुमध्य १२१ पुरुष र ७९ जना महिला हुन् ।

प्रदेशका सक्रिय संक्रमित मध्य १८१६ जना होम आइसोलेसनमा रहेको निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए ।

यस्तै सोही अवधीमा ९ जना संक्रमण मुक्त भई ‘डिस्चार्ज’ भएका छन् । निर्देशनालयका अनुसार सबैभन्दा बढी कास्कीमा तीन हजार २१ जना सक्रिय संक्रमित छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।