,

इलेक्सन अपडेट्स : पोखरामा धनराज आचार्य र कृष्ण थपाको मतान्तर १०५


     एभरेस्ट आवाज    
     जेठ १ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणम अनुसार एकिकृत समाजवादीका धनराज आचार्यले १ सय ५ मतको अग्रता लिएका छन् ।

पोखरा महानगर पालिका वडा नम्बर १, २, १२ २३, २४ को ३ हजार ८ सय मतगणनामा आचार्यले अग्रता लिएका हुन् । आचार्यले १ हजार ५ सय ८५ मत प्राप्त गरेका छन् ।

एमाले कृष्ण थापाले १ हजार ४ सय ८० मत प्राप्त गरेका छन् । राप्रपाका शंकर खरालले २ सय २३, स्वतन्त्र गनेश पौडेलले १ सय १८ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली काग्रेसकी कोपिला रानाभाटले १ हजार ६ सय ७६ मत प्राप्त गरेकी छन् भने एमालेकी मन्जु गुरुङले १ हजार ५ सय ३२ मत प्राप्त गरेकी छन् । उनीहरुको मत अन्तर १ सय ४४ को रहेको छ ।

पोखरा महानगरपालिकामा २ लाख ७ हजार ७ सय १२ मतदाता रहेका छन् । अहिले १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।