कोरोना संक्रमणबाट पोखरामा तीन जनाको मृत्य भएको छ । संक्रमणबाट मृत्यु हुनेमा कास्कीको पोखरा महानगरका दुई र एक जना स्याङ्जाको वालिङ नगरपालिका–१४ का एक जना पुरुष र रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
निर्देशनालयका अनुसार पोखराको गण्डकी मेडिकल, पोखरामा उपचाररत पोखरा–१४ ६३ वर्षिय पुरुषको शनिबार बिहान ९ ः५५ बजे मृत्यु भएको हो । उनमा कोभिड सहित मधुमेह, उच्चरक्तचाप लगायतका समस्या रहेको जनाइएको छ । उनमा कार्तिक १९ गते संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै सोही अस्पतालमा उपचाररत स्याङ्जाका संक्रमित पुरुषको कार्तिक २७ गते मृत्यु भएको हो । उनमा सोही दिननै कोरोना संक्रमण पाइएको थियो । उनमा कोभिड सहित मधुमेहको समस्या रहेको थियो ।
यस्तै पोखरा–१५ की ५० वर्षिया महिलाको शुक्रबार बेलुका साँझ ६ः३० मा चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनमा कार्तिक ८ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । साथै उनमा मधुमेह, उच्चरक्तचाप लगायतका समस्या रहेको निर्देशनायद्वारी जारी विज्ञप्तीमा भनिएको छ ।
यो सहित गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय २१ पुगेको छ ।
यस्तै प्रदेशमा १० हजार २२३ जनामा कोरोना संक्रमित भएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असोज ११ युवा नेता सुवर्ण केसीले नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर…







