कार्तिक २९ पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार २८५ पुगेको छ । शनिबार कास्की सहित विभिन्न जिल्लका थप २१० जना कोरोना संक्रमित थपिएका छन् ।
लाइफ केयर एण्ड डाइग्नोष्टिक प्रा.लि. पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पाइएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।
निर्देशनालयका अनुसार कास्कीको पोखरा सहित माद र अन्नपुर्ण गाउँपालिकाका एक सय ४८ जनामा संक्रमण पाइएको हो । जसमा अन्नपूर्णका ३ र मादीका एक जना छन् भने बाँकी पोखरा महानगरका छन् ।
यस्तै पर्वतमा १८, तनहुँमा १४, म्याग्दीमा १०, गोरखामा ६, लमजुङ र स्याङजामा ५–५, बाग्लुङमा ४ जनामा थपिएको निर्देशनालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
यस्तै प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म १२१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । ती मध्य दुई जना पोखरा र एक जना स्याङ्जाको वालिङका रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असोज ११ युवा नेता सुवर्ण केसीले नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर…







