कार्तिक २९ पोखरा । नेपालमा हालसम्म एक लाख ७० हजार बढी कोरोना संक्रमित संक्रमण मुक्त भई ‘डिस्चार्ज’ भएका छन् ।
पछिल्लो २४ घण्टामा थप दुई हजार पाँच सय तीन जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ७० हजार ६ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधीमा थप एक हजार नौ सय ४६ जनामा सङ्क्रमण पुष्टि भएको छ । हालसम्म संक्रमण हुनेको संख्या दुई लाख आठ हजार दुई सय ९९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार दुई सय १५ पुगेको छ ।
अब नेपालमा ३६ हजार चार सय ५३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै एक हजार ५७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असोज ११ युवा नेता सुवर्ण केसीले नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर…







