स्याङ्जाका एक कोरोना संक्रमितको मृत्यू भएको छ । स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा नम्बर १३ का ४६ वर्षिय कोरोना संक्रमित पुरुषको मृत्यू भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिषठनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत उनको गएराती १ बजे निधन भएको प्रदेश स्वास्थ्य र्दिेशनालयले जनाएको छ । मृतक पुरुषमा पहिलेदेखि नै निमोनियाको समस्या रहेको निर्देशनालयको वुलेटिनमा उल्लेख छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यू हुनेको संख्या १२७ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा थुप्रिएर तातोपानी क्षेत्रमा…







