मंसिर ३ पोखरा । कोरोना संक्रमणबाट पोखरा र स्याङ्जाका तीन जनाको मृत्यु भएको छ ।
संक्रमणबाट पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत पोखराका २ जना र स्याङ्जाकाका संक्रमितको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका पोखराले दिएको जनकारी अनुसार पोखराको मनिपाल शिक्षण अस्पतालमा उपचाररत पोखरा–१७ की ७८ वर्षिय महिला र पोखरा–३ का ८३ वर्षिया पुरुषको निधन भएको हो ।
७८ वर्षिय महिलाको मंगलबार दिउँसो १ : ५० मा र ८३ वर्षिय पुरुषको मंगलबार बेलुका ७ बजे मृत्यु भएको हो ।
यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षत्रिय अस्पतालले सञ्चालन गरेको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत स्याङ्जको पुतलीबजार नगरपालिका–१३ का ४६ वर्षिय पुरुषको पनि मृत्यु भएको छ ।
गत कार्तिक २५ गते कोरोना संक्रमणको पुष्टि भएका उनको गएराती १ बजे मृत्यु भएको निर्देशनालयद्वारी विज्ञप्तीमा भनिएको छ ।
गण्डकी प्रदेशमा यो सहित कोभिडबाट ज्यान गुमाउनेको संख्या १२७ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा थुप्रिएर तातोपानी क्षेत्रमा…







