कोरोना संक्रमित सांसद मीन विश्वकर्माको उपचार सरकारले गर्ने


     एभरेस्ट आवाज    
     मंसिर ३ गते २०७७ मा प्रकाशित




मंसिर ३ काठमाडौँ । कांग्रेस सांसद मीनबहादुर विश्वकर्माको उपचार खर्च सरकारले बेहोर्ने भएको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरस (कोभिड-१९) संक्रमित सांसद विश्वकर्माको उपचार खर्च व्योहोर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण पुष्टि भएका विश्वकर्माको गत कार्तिक १२ गतेदेखी काठमाण्डौंको ग्रान्डी अस्पताल उपचार भइरहेको छ ।

५३ वर्षीय विश्वकर्मालाई निमोनिया, श्वासप्रश्वासमा समस्या देखिएपछि कार्तिक ८ वीर अस्पताल भर्ना गरिएका विश्वकर्मामा सोही दिन कोरोना पुष्टि भएको थियो ।

बीर अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था बिग्रन थालेपछि ग्राण्डी सारिएको थियो । अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । उनलाई ग्राण्डीमा ६ .दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

यसका साथै केही बढुवा र नियमित एजेन्डामा छलफल तथा निर्णय भएको बैठकमा सहभागी एक मन्त्रीले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।