सीता रानामगरको २ विकेट प्रेरित नेपालले एसीसी महिला टी–२० च्याम्पियनसीपअन्तर्गत दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको छ।
मलेसियाको क्वालालम्पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०७ रनको योगफल तयार गरेको थियो।
दोस्रो इनिङमा १०८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८२ रनमात्रै बनाउन सक्यो।
कुवतेका लागि प्रियदा मुरालीले ४० बल खेलेर ३१ सर्वाधिक ३१ रन जोडिन्। यस्तै, मरियम्मा हेदरले १६ तथा कप्तान अम्ना तारिकले १४ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
नेपालका लागि सीताले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिइन्। यस्तै, संगीता राई, इन्दु वर्मा र अस्मिना कर्माचार्यले १/१ विकेट लिए।
पहिलो इनिङ्समा नेपालका लागि कप्तान रुविना क्षेत्रीले २७ बल खेलेर सर्वाधिक ३४ रन बनाउँदा इन्दु वर्माले ३३ बल खेलेर २८ रन जोडेकी थिइन्। यस्तै, ओपनर ज्योति पाण्डेले १५, विन्दु रावलबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
कुवेतका लागि मरियम्मा हैदरले २ तथा मरियाम ओमार र खदिजा खालीले १/१ विकेट लिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







