कोरोनाको उपचार खर्च लिने कोभिड अस्पताललाई सरकारले कार्वाही गर्ने भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९)को उपचार खर्च लिने कोभिड–१९ अस्पताललाई सरकारले कार्वाही गर्ने जनाएको हो ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपद ब्यबस्थापन ईकाई अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले आफू मातहतका ईकाईहरुलाई कोभिड–१९ को उपचार खर्च नलिन सर्कुलर गरेको छ ।
केहि कोभिड–१९ अस्पतालले अझैपनि उपचार खर्च विरामीबाटै लिइरहेको पाइएको भन्दै ईकाई प्रमुख डा.समिरकुमार अधिकारीद्वारा जारी सर्कुलरमा भनिएको छ,‘कोभिडको उपचार निःशुल्क गर्न भनी परिपत्र तथा सार्वजनिक सूचनासमेत जारी गरिएको भएपनि केही अस्पतालहरुले यस अनुसार नगरेको भनी जनगुनासोहरु आईरहेकोमा सम्बन्धित सबै अस्पतालहरुमा यसै अनुसार निःशुल्क उपचार गर्नु गराउनुहुन निर्देशनानुसार अनुरोध छ ।’
सर्कुलरमा त्यसरी निःशुल्क उपचार गर्ने अस्पतालहरुलाई नियमानुसार उपचारमा लागेको खर्च वापतको शोधभर्ना रकम उपलब्ध गराउने भन्दै अगाडि भनिएको छ,‘यस विपरित गर्ने अस्पतालहरुलाई नियमानुसार कार्वाहीसमेत गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।
सर्कुलरमा कोरोना बीमा गरेकाको हकमा भने बीमा रकमबाटै असुल गर्न र सक्षम, इच्छुक र योगदान गर्न चाहनेले योगदानसमेत गर्नसक्ने भएकाले सोहि अनुसार गर्नपनि भनेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







