पोखरामा १३ सहित गण्डकीमा सोमबार विहान थपिए ३० संक्रमित


     एभरेस्ट आवाज    
     मंसिर ८ गते २०७७ मा प्रकाशित




पोखरामा १३ सहित गण्डकी प्रदेशमा सोमबार विहान ३० संक्रमित थपिएका छन् । पोखरामा १२ सहित गण्डकी प्रदेशमा सोमबार विहानै ३० कोरोना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पोखराको मिलिटरी अस्पतालमा उपचाररत ७ जना, पोखरा महानगरपालिका वडा नम्बर २५ मा ५ जना र पोखरा १० मा १ जना संक्रमित भएको जनाइएको छ ।

त्यस्तै, गण्डकी प्रदेशको दक्षिण पूर्वी जिल्ला नवलपुरमा ११ जना संक्रमित भएका छन् । नवलपुरको गैंडाकोटमा ४ जना, कावासोतीमा ६ जना र मध्यविन्दुमा १ जना संक्रमित भएको निर्देशनालयको वुलेटिनमा उल्लेख छ ।

यसैगरी, पर्वतमा २, तनहुँमा २ र गोरखामा २ जना संक्रमित भएको वुलेटिनमा जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।