सुरक्षित रुपमा परीक्षा सञ्चालनमा सघाउन नेलम्बोद्वारा कालिका माविलाई स्वास्थ्य सामग्री हस्तान्तरण


     एभरेस्ट आवाज    
     मंसिर ९ गते २०७७ मा प्रकाशित




नेलम्बो नेपालले पोखरा महानगर पालीका वडा नं. १० मा रहेको कालिका माध्यमिक विद्यालयलाई मंगलबार स्वास्थ्य सामग्री वितरण गरेको छ । विश्वव्यापी महमारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९)का बीच कक्षा १२ को परीक्षा सञ्चालन गरिरहेको अवस्थामा स्वास्थ्य सावधानी अपनाएरर परीक्षा संचालन गर्न र विद्यार्थीहरुलाई पनि स्वास्थ्य सुरक्षा सामग्रीको सहयागेले उच्च मानोवलका साथ परीक्षामा सहभागी हुनको लागि भन्दै नेलम्बो नेपालले स्वास्थ्य सामग्री सहयोग गरेको हो । नेलम्बो नेपालले डिस्पोजेबल मास्क ५०० थान, पेडियाट्रिक मास्क २५० थान, केएन ९५ माक्स, १०० थान, सेनिटाइजर ६ लिटर, हेन्ड फ्रि सेनिटाइजर स्ट्यान्ड २ थान, थर्मल गन २ थान, डिउरासेल ब्याट्री ४ थान र कोभिड १९ सम्बन्धी सचेतना ब्रोसर प्रदान गरिएको नेलम्बो नेपालका जनसम्र्पक अधिकृत भीम प्रसाद भण्डारीले जानकारी दिए ।

कार्यक्रममा नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा र कार्यक्रम संयोजक डा.किसन कोइरालाले कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक बलराम गिरीलाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका थिए ।
नेलम्बो नेपाललाई धन्यवाद दिँदै प्रधानाध्यापक बलराम गिरीले नेलम्बो नेपाल कोभिड १९ को विषम् परिस्थितिमा स्वास्थ्य सुरक्षाका सामग्री र कोभिड १९ सम्बन्धी सचेतनाका क्रियाकलापमा अग्रसर भएर हरेक क्षेत्रमा सहयोग गर्दै आईरहेको भन्दै नेलम्बो नेपाललाई धन्यवाद व्यक्त गरे । उनले प्राप्त सामग्री सही सदुपयोग गरि स्वास्थ्य सावधानी अपनाएर परिक्षा परिक्षा संचालन गर्ने प्रतिवद्धता जनाए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।