मंसिर १० पोखरा । कोरोना संक्रमणबाट पोखराका एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका–१० का ७६ वर्षिय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गत मंसिर ८ गते कोरोना संक्रमणको पुष्टि भएका उनको आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालले सञ्चालन गरेको कोभिड–१९ उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो ।
यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४२ पुगेको निर्देशनालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







