गण्डकी प्रदेशका थप १६५ जनामा कोरोना संक्रमण, संक्रमणबाट एकको मृत्यु


     एभरेस्ट आवाज    
     मंसिर १० गते २०७७ मा प्रकाशित




मंसिर १० पोेखरा । गण्डकी प्रदेशमा बुधबार थप १६५ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै हालसम्म प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या ११ हजार ४७९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

विभिन्न प्रयोगशालामा गरिएको ४०१ नमुना परीक्षणमा ११५ पुरुष र ५० महिलामा कोरोना संक्रमण पाइएको हो । यसरी थपिनेमा कास्कीका ६७ , नवलपुर वर्दघाट सुस्ता पूर्वका ६३, तनहुँका ११, पर्वतका ५, गोरखाका ३, लमजुङका २ छन् ।

यस्तै सोही अवधीमा ४८ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ हजार ५९४ पुगेको छ । भने हालसम्म कोरोना संक्रमणबाट प्रदेशभर १४२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा पोखराका एक जनाको मृत्यु भएको निर्देशनालयले जारी गरेको तथ्याङ्कमा भनिएको छ ।

निर्देशनालयका अनुसार अब प्रदेशभर सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ७४३ छ । ती मध्य ३ हजार ६८७ जना होम आइसोलेसनमा छन् ।


प्रदेशभर हालसम्म एक लाख छ हजार ३६६ नमुना परीक्षण गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।