नेलम्बो नेपाल पोखराले स्वास्थ्य सामग्री वितरणलाई निरन्तरता दिएको छ । नेलम्बो नेपालले विहीबार पोखरा महानगरपालीका वडा नं. २१ मा रहेको जनचेतन मा.वि. र हिमाल पारिको जिल्ला मुस्ताङ्गको नेपाल पत्रकार महासंघ मुस्ताङ्ग मुस्ताङलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।
नेलम्बो नेपालले कक्षा १२ को परीक्षा सञ्चालन भइरहेको पोखरा महानगरपालिका वडा नं. २१ को निर्मल पोखरीस्थित जनचेतन माध्यमिक विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । नेलम्बो नेपालले डिस्पोजिवल मास्क, सेनिटाइजर, केएन ९५ माक्स, थर्मल गन, हेण्ड फ्रि सेनिटाइजर स्ट्याण्ड, हात धुने साबुन, डिउरा सेल ब्याट्री र कोभिड १ढ सम्बन्धी सचेतना ब्रोसर लगायतका स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रदान गरेको नेलम्बो नेपालका जन सम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरायणदत्त अधिकारी र कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं. २१ का अध्यक्ष खगराज आचार्यलाई नेलम्बो नेपालका जन सम्पर्क अधिवृकत भीमप्रसाद भण्डारीले हस्तान्तरण गरेका थिए ।
त्यस्तै, नेलम्बो नेपालले नेपाल पत्रकार महासंघ मुस्ताङ्गलाई पनि केएन ९५ माक्स, डिस्पोजिवल माक्स, सेनिटाइजर र पत्रकारहरुलाई दैनिक सहज हुने पकेट सेनिटाइजर नेलम्बो नेपालका कार्यक्रम संयोजक डा.किसन कोइरालले मुस्ताङ्गका सामाजसेवी अभिनाश गौचन थकालीलाई हस्तान्तरण गरेको जनसम्पर्क अधिकृत भण्डारीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







