सिटिवानको तीज गीत प्रतियोगीतामा उपकार आमा समुह विजयी


     एभरेस्ट आवाज    
     भाद्र ११ गते २०७९ मा प्रकाशित




पोखरा । सिटिवान टेलिभिजनले आयोजना गरेको खुला तीज गीत प्रतियोगीताको उपाधि उपकार आमा समुह पुरुनचौर विजयी भएको छ । “तीजको वेला सिटीवानको साँस्कृतिक मेला, खुल्ला तीज गीत प्रतियोगितामा प्रथम हुँदै उपकार आमा समुह पुरुनचौरले नगद ५० हजार सहित प्रमाण पत्र प्राप्त गरेको छ ।

यस्तै प्रतियोगितामा हेम्जाको सफल उद्यमी महिला समुह द्वितिय, हेमजाकै कामधेनु महिला कृषक समुह तितृय भएका छन् ।

उनीहरुले क्रमश नगद ३० हजार र २० हजार सहित प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।

गन्धर्व आमा समुहल सान्त्वना पुरस्कार स्वरुप १० हजार सहित प्रमाणपत्र प्राप्त गर्दा सक्षम अभियान समुहले उत्कृष्ट नृत्य, उत्कृष्ट भेषभुषातर्फ अमरसिहं दिदिबहिनी समुह अमरसिहं, उत्कृष्ट शब्दतर्फ खास्टे ताल बाराही आमा समुह घोषित भए । उनीहरुले नगद रु ५/५ हजार सहित प्रमाणपत्र प्राप्त गरे ।

कार्यक्रममा ४५ समुहले सहभागीता जनाएका थिए ।

सहभागी समुहहरुले विपत व्यवस्थापनमा महिलाको भूमिका, महिला हिसां, पर्यटन प्रवर्धन, सरसफाई, बैदेशिक रोजगार, उधमशिलता, तथा लागु पदार्थ दुव्र्यसनी ,शिक्षा जस्ता सामाजिक विषयमा आफ्नो प्रस्तुति राखेका थिए । प्रतियोगिता शुक्रबार पोखरा उद्योग वाणिज्य संघको सभा हलमा संचालन भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।