पोखराका ७४ सहित थप १३५ जनामा कोरोना संक्रमण


     एभरेस्ट आवाज    
     मंसिर १३ गते २०७७ मा प्रकाशित




मंसिर १३ पोखरा । पोखराका ७४ जना सहित गण्डकी प्रदेशमा थप १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिकाका विभिन्न वडाका ७४ जनामा संक्रमण पाइएको हो । यस्तै लमजुङको मध्यनेपाल, राइनास र सुन्दरबजार नगरपालिकाका २२ जना, तनहुँको भिमाद, देवघाट, घिरिङ, म्याग्दे र ब्यास नगरपालिकाका १९ जनामा कोरोना संक्रमण पाइएको छ ।

यस्तै गोरखाको अजिरकोट र पालिका खुल्न नसकेका ४ जना सहित १० जना, बाग्लुङको जैमिनी र काठेखोलाका ४ जना र स्याङ्जाको वालिङ, मुस्ताङ र पर्वतको कुस्मा र पयौंका २–२ जनामा पनि आज नै कोरोना संक्रमण पाइएको छ ।

यो सहित प्रदेशभर कोरोना संक्रमितको संख्या ११ हजार ८२१ पुगेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।