मंसिर १३ पोखरा । पोखराका थप १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
लाइफ केयर एण्ड डायग्नोस्टिक प्रा.लि.पोखरामा गरिएको परिक्षणमा पोखराका १६ सहित म्याग्दी, स्याङ्जा र तनहुँका २० जनामा कोरोना संक्रमण भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
निर्देशनालयका अनुसार आज थपिएका मध्य विभिन्न १० वडाका १६ जना, तनहुँको ब्यास नगरपालिकाका २ जना र म्याग्दीको बेनी र स्याङ्जाको पुतलीबजार नगरपालिकाका एक–एक जना छन् ।
यो सहित गण्डकी प्रदेशभर कोरोना संक्रममितको संख्या ११ हजार ८४१ पुगेको छ ।
यस अघि आज नै पोखराका पोखराका ७४ जना सहित गण्डकी प्रदेशका विभिन्न जिल्लाका १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







