सदस्यता वितरण र नवीकरण समयमै सक्न कांग्रेस कास्कीको निर्देशन


     एभरेस्ट आवाज    
     मंसिर १५ गते २०७७ मा प्रकाशित




नेपाली कांग्रेस कास्कीले मातहतका समितिलाई कृयाशिल सदस्यता वितरण र नवीकरण समयमै सक्न निर्देशन दिएको छ । नेपाली कांग्रेस कास्की प्रदेश १(ख) कास्कीले अगुवा नेता तथा कार्यकर्ता बैठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले पार्टीको कृयाशिल सदस्यता वितरण र नवीकरण कार्य समयमै सक्न निर्देशन दिएका हुन् । कांग्रेस कास्कीले मंसिर २० गते भित्र सदस्यता वितरण र नवीकरण गरिसक्ने निर्णय नै गरेको छ । तोकिएको मिति भित्र सदस्यता वितरण र नवीकरण कार्य गरिसक्न केसीले निर्देशन दिएको प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
बैठकमा प्रदेश अन्तर्गत पोखरा महानगरपालिकाका पाँच वटा र मादी गाउँपालिकाका १२ वटा वडाका अगुवा नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । बैठकले इकाइबाट नविकरण भई आएका सदस्यतालाई सर्वसम्मत क्षेत्रमा पठाउने र मंसिर २० गतेसम्म नयाँ सदस्यता वितरण कार्य टुङ्गोमा पु¥याउने निर्णय गरेको छ ।
प्रदेश १ (ख) समिति अध्यक्ष कृष्ण कोइरालाको अध्यक्षता तथा कोषाध्यक्ष श्रीकृष्ण लामिछानेले स्वागत र सचिव सरोज केसीले संचालन गरेको बैठकले पार्टी सुदृढिकरणको अभियान अघि बढाउने निर्णय गरेको छ । त्यस्तै, बैठकले सरकारले अनियमितता बढाइरहेको भन्दै पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।