क्रिकेटर सन्दीप लामिछाने कोरोना संक्रमण मुक्त


     एभरेस्ट आवाज    
     मंसिर १७ गते २०७७ मा प्रकाशित




क्रिकेटर सन्दीप लामिछाने कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

दश दिन पहिले कोरोना संक्रमित भएका लामिछानेले आज सामाजिक सञ्जालमार्फत आफू संक्रमणमुक्त भएको जानकारी दिएका हुन् ।

१० दिनको आइसोलेसन बसाई पछि गरिएको पुनः स्वाव परीक्षणका क्रममा कोरोना नेगेटिभ आएको जानकारी गराउँदै सो क्रममा आफ्नो स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त गर्नेप्रति धन्यवाद व्यक्त गरेका छन् ।

साथै उनले छिट्टै मैदानमा उत्रिएर आफ्नो टिमलाई आफ्नो राम्रो प्रर्दशन गर्न चाहेको लेखेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।