पोखरा । शनिबार कास्कीका ५२ सहित गण्डकी प्रदेशभर थप १०६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाहरुमा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
आज थपिनेमा सबैभन्दा बढी कास्कीका ५२ जनामा कारोना संक्रमण पाइएको छ । जसमा ३ जना माछापुच्छ्रे गाउँपालिकाका छन् भने बाँकी पोखरा महानगरका ४९ जना हुन् ।
यस्तै बाग्लुङका १८, लमजुङका १६, गोरखाका ७, तनहुँका ६, र म्याग्दीका ३ , पर्वत र मुस्ताङका २–२ कोरोना पाइएको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयले दिएको जानकारी अनुसार क्षयरोग उपचार केन्द्रमा ८, लाइफ केयर एण्ड डायग्नोष्टिक प्रा. लिमा २८ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ जना पोखराका संक्रमित थपिएका हुन् ।
योसहित हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १२ हजार ५८५ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







