गण्डकी प्रदेशका थप १३ जनामा कोरोना संक्रमण


     एभरेस्ट आवाज    
     मंसिर २० गते २०७७ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १२ हजार ५९८ पुगेको छ ।

शनिबार कास्कीका ७ सहित लमजुङको मध्यनेपाल नगरपालिकाका ५ र स्याङ्जाका एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या बढेको हो ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परीक्षणमा पोखरा महानगरपालिकाका वडा नं ७, ८, १२, १५ र मादी गाउँपालिकाका एक जनामा कारोना संक्रमण पाइएको छ ।

यस्तै मध्यनेपालकाको वडा नं २, ३, ५ र ७ का ५ जना र स्याङ्जाका एक जना संक्रमितको पालिका खुलाइएको छैन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।