नेपाली काँग्रेसको केन्द्रीय परिचालन समितिमा थप सदस्य मनोनयन गरिएको छ ।
आउँदो मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर शनिबार थप आठ सदस्य मनोनीत गरिएको हो ।
पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित)बमोजिम केन्द्रीय सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन गरेको ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय परिचालन समिति’मा थप आठ सदस्य मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गण्डकी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । मंगलबार नै सरकारबाट बाहिरिने…





