कोरोना : शनिबार संक्रमित भन्दा कोरोनामुक्त हुनेको संख्या दोब्बर


     एभरेस्ट आवाज    
     मंसिर २० गते २०७७ मा प्रकाशित




काठमाडौँ । नेपालमा शनिबार कोरोना संक्रमण हुनेभन्दा कोरोनामुक्त हुनेको संख्या दोब्बर रहको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार २०६ जना संक्रमित कोरोनामुक्त भएका छन् । सोही अवधीमा १ हजार २४ जनामा कोरोना संक्रमणको पुष्टि पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । निको हुनेको संख्या २ लाख २४ हजार ५३ छ ।

त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १ हजार ५७७ पुगेको छ ।

मन्त्रालयका अनुसार अब देशभरी सक्रिय संक्रमितको संख्या १४ हजार २५५ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५३६ जना रहेका छन् ।

हालसम्म पीसीआर विधिबाट १७ लाख ७८ हजार २४ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ६ हजार ७४ पीसीआर परीक्षण भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।