पोखरा–१९ मा स्वास्थ्य स्वयंसेवक दिवस मनाइयो


     एभरेस्ट आवाज    
     मंसिर २१ गते २०७७ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नं १९ मा विविध कार्यक्रम गरी स्वास्थ्य स्वयंसेवक दिवस मनाइएको छ।

दिवसको अवसरमा ‘कोभिड–१९ रोकथाम र समृद्धिका लागि संयुक्त कार्य, महिला स्वास्थ्य स्वयंसेवक अपरिहार्य’ भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रममा पाँचवटा महिला स्वास्थ्य स्वयंसेविका समूहबीच सन्देशमूलक हाजिरीजवाफ प्रतियोगिता गरिएको थियो।

हाजिरीजवाफमा प्रथम, द्धितिय, तृतीय र शान्त्वना हुने महिला स्वास्थ्य स्वयंसेविका समूहलाई पुरस्कार वितरण गरिएको थियो।

पोखरा वडा नं १९, वडाध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष शोभामोहन पौडेलले कार्यक्रमको अध्यक्षता गर्दै स्वास्थ्य स्वास्थ्य क्षेत्रमा स्वयंसेवकले पु¥याएको सेवा उदाहरणीय रहेको बताउँदै अझै समूदायस्तरको घरदैलोमा सेवा पु¥याउन आग्रह गरे।

कार्यक्रममा महानगर स्वास्थ्य सेवा शाखाकी टेकमाया बास्तोला, व्यवस्थापन समितिकी दुर्गा बस्नेत, वडा सदस्यहरु कोपिला केसी, कृष्ण गौतम र कृष्णप्रसाद बास्तोलालगायतले शुभकामना दिएका थिए।

कार्यक्रममा वडा सदस्य कमलप्रसाद बास्तोलाले महिला स्वास्थ्य स्वयंसेवक कोषबृद्धिका लागि १५ सय १५ रुपैयाँ प्रदान गरे। महानगर शहरी स्वास्थ्य केन्द्र प्र्रमुख कमल पौडेलले स्वागत र लामाचौर स्वास्थ्य चौकी प्रमुख श्याम सुन्दर आचार्यले कार्यक्रम संचालन गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।