गण्डकी प्रदेशका थप १०३ जनामा कोरोना संक्रमण, ५३३८ आइसोलेसनमा


     एभरेस्ट आवाज    
     मंसिर २५ गते २०७७ मा प्रकाशित




पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा १०३ जनामा कारोना संक्रमणको पुष्टि भएको छ ।
२९३ जनामा गरिएको परीक्षणमा ५४ पुरुष र ४९ महिला गरि १०३ जनामा कारोना संक्रमण पाइएको हो ।


गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखरालका अनुसार आज थपिने संक्रमितमध्य कास्कीका ६१ जना, लमजुङका १८, बाग्लुङका ७, गोरखाका ६, तनहुँका ४, पर्वतका ३ स्याङ्जाका २, मुस्ताङ र नवलपुर वर्दघाट सुस्ता पूर्वका एक–एक जना छन् ।


यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १३ हजार ७९ पुगेको छ ।
हालसम्म प्रदेशभर ७ हजार ५६१ जना कोरोनामुक्त भएका छन् ।

अब प्रदेशभर ५ हजार ३३८ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् । तीमध्य ४ हजार १८७ जना होम आइसोलेसनमा रहेको निर्देशनालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।


पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । यो सहित कोरोनाबाट प्रदेशमा ज्यान गुमाउनेको संख्या १८० पुगेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।