कोरोनाबाट पोखरामा ७६ वर्षिय बृद्धको मृत्यु


     एभरेस्ट आवाज    
     मंसिर २७ गते २०७७ मा प्रकाशित




सांकेतिक तस्विर

पोखरा । कोरोना संक्रमणबाट कास्कीको अन्नपूर्ण गाउँपालिकाका एक पुरुषको पोखरामा मृत्यु भएको छ ।


कास्कीको अन्नपूर्ण गाउँपालिका–१ का ७६ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचारकै क्रममा शुक्रबार दिउसो ४.३० बजे मृत्यु भएको हो ।


उनलाई यही मंसिर २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।


योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ८२ पुगेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।