गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८४ पुग्यो


     एभरेस्ट आवाज    
     मंसिर २८ गते २०७७ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८४ पुगेको छ ।


पछिल्लो क्रममा तनुहँको म्याग्दे गाउँपालिका–२ का ६० वर्षिय पुरुषको मृत्यु भएसंगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढेको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत उनको आइतबार बिहान साढे ९ बजे मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनमा मंसिर २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।