गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३३३३ पुग्यो


     एभरेस्ट आवाज    
     मंसिर २८ गते २०७७ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ३ सय नाघेको छ ।


आइतबार दिउँसो १ बजेसम्म निर्देशनालयले दिएको जानकारी अनुसार कास्कीका ५३ सहित प्रदेशभर थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित प्रदेशभर कोरोना संक्रमण हुनेको संख्या १३ हजार ३३३ पुगेको हो ।

निर्देशनालयका अनुसार कास्कीका संक्रमितमध्य रुपा गाउँपालिकाका ४ जना र मादी गाउँपालिकाका ८ जना छन् बाँकी पोखरा महानगरका विभिन्न वडाका हुन् ।


यस्तै तनहुँका ११, बाग्लुङका ६, लमजुङका ५, स्याङ्जाका ४, गोरखा , म्याग्दी र पर्वतमा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
लाइफ केयर एण्ड डायग्नोस्टि प्रा.लि.र क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पाइएको हो ।


पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएसंगै प्रदेशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८४ पुगेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।