गण्डकी प्रदेशका थप ८६ जनामा कोरोना संक्रमण


     एभरेस्ट आवाज    
     मंसिर २९ गते २०७७ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा सोमबार थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रदेशका विभिन्न प्रयोगशालाहरुमा गरिएको प्रयोगशालामा कास्कीका ६८ जनासहित ८६ जनामा संक्रमण भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।


आज थपिनेमध्य कास्कीमा ६८, नवलपुर वर्दघाट सुस्ता पूर्वमा १०, तनहुँमा ६, र स्याङ्जामा २ जना छन् ।


योसहित प्रदेशभर कोरोना संक्रमण हुनेको संख्या १३ हजार ४२१ पुगेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।