नेपालमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ३६ हजार नाघ्यो

- कोरोनाबाट १७ सय बढीको ज्यान गुम्यो


     एभरेस्ट आवाज    
     मंसिर २९ गते २०७७ मा प्रकाशित




काठमाण्डौ । नेपालमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ३६ हजार पाँच सय नाघेका छन् ।

सोमबार देशभरबाट थप ८४२ जना निको भएसंगै कोरोनामुक्त हुनेको संख्या बढेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ३६ हजार ५७३ पुगेको छ ।

सोही अवधीमा देशभर थप ८२१ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । योसहित हालसम्म कोरोना संक्रमित हुनेको संख्या दुई लाख ४९ हजार २४४ पुगेको छ ।

पाँच हजार ४२३ जनामा गरिएको पिसिआर परीक्षणमा ५०४ पुरुष र ३१७ जना महिलामा कोरोना संक्रमण पाइएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ मा १३४, प्रदेश २ मा १५, बाग्मती प्रदेशमा ३९४, गण्डकी प्रदेशमा ९५, लुम्बिनी प्रदेशमा १०३ र सुदुरपश्चिम प्रदेशमा ७५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

यस्तै हालसम्म प्रदेश १ मा २८ हजार २३१ , प्रदेश २ मा २० हजार १८१, बाग्मती प्रदेशमा एक लाख २९ हजार १५९, गण्डकी प्रदेशमा १४ हजार ७२२, लुम्बिनी प्रदेशमा २६ हजार ६७, कर्णाली प्रदेशमा छ हजार ८३ र सुदुरपश्चिम प्रदेशमा १२ हजार १३० जना संक्रमणमुक्त भइसकेका छन् ।

त्यसैगरि मन्त्रालयका अनुसार काठमाण्डौं, ललितपुर र कास्कीमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन् भने मनाङमा शून्य संक्रमित छन् ।

अब देशभर सक्रिय संख्या १० हजार ९५५ छ । ती मध्य सात हजार ३४० होम आइसोलेसनमा, २७३ जना आईसियूमा र ५४ जना भेन्टिलेटरमा रहेको जनाइएको छ ।

गएको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण १८ जनाको ज्यान गएको छ । योसँगै सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ७१६ पुगेको छ । यस्तै ४७१ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।