कोरोनाबाट पोखराका थप दुई जनाको मृत्यु


     एभरेस्ट आवाज    
     पौष १ गते २०७७ मा प्रकाशित




पोखरा । पोखराका थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

पोखराको गैह्रापाटनस्थित फिस्टेल अस्पतालमा उपचाररत उनीहरुको संक्रमणबाट उपचारकै क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
मृत्यु हुनेमा पोखरा १२ का ८४ वर्षिय बृद्धको आज बिहान ५ः४५ बजे मृत्यु भएको छ । उनमा गत मंसिर २३ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।

यस्तै पोखरा १ का ७६ वर्षिय बद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको उपचारकै क्रममा मंगलबार राती १०ः२० बजे मृत्यु भएको निर्देशनालयले जानकारी दिएको छ । उनमा गत मंसिर २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८६ पुगेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।