पोखराका १७ सहित थप २० जनामा कोरोना संक्रमण


     एभरेस्ट आवाज    
     पौष ५ गते २०७७ मा प्रकाशित




पोखरा । पोखराका १७ जना सहित गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

लाइफ केयर एण्ड डायग्नोष्टिक प्रा.लि. पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरका वडा नं ३, ४,६, १०, ११, १३, १४, १५ र १७ का १७ जनामा कोरोना संक्रमण पाइएको हो ।

यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिकाका २ जना र स्याङ्जको वालिङ नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

योसहित गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमण पष्टि हुुनेको संख्या १३ हजार ९०८ पुगेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।