पोखरा ४ गैह्रापाटनमा रही शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गर्दै आई रहेको नेलम्बो नेपालले मादीमा पनि स्वास्थ्य सामग्री वितरण गरेको छ । नेलम्बो नेपालले सोमबार कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १० मकैखोलामा रहेको जनकल्याण माध्यामिक विद्यालयलाई डिस्पोजिवल माक्स, पेडियाट्रिक माक्स, फेस सिल्ड, केएन ९५ मास्क, सेनिटाइजर स्ट्याण्ड, थर्मलगन, हात धुने साबुन, स्प्रे बोतललगात सामग्री वितरण गरेको हो । कार्यक्रममा नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा र कार्यक्रम संयोजक डा. किसन कोइरालाले विद्यालयका प्रधानाध्यापक नवीनकुमार शाही र वडा अध्यक्ष कुलप्रसाद गुरुङ्गलाई लाई हस्तान्तरण गरे ।
कार्यक्रममा बोल्दै अध्यक्ष देवकोटाले कोभिड १९ को प्रत्यक्ष मारमा शिक्षण संस्थाहरु परेका र अहिले विद्यालयहरु चलयमान अवस्थामा रहेको हुदाँ विद्यालयलाई स्वास्थ्य सुरक्षका सामगी्रहरु सहयोग गरी शिक्षक, विद्यार्थी र अभिावकको मनोवल उच्च राख्नको लागि नेलम्बो नेपालले सहयोगि भूमिका निर्वाह गरेको बताए ।
कार्यक्रममा वडा अध्यक्ष गुरुङ्गले नेलम्बो नेपालको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै सो सामग्री सदूपयोग गर्ने प्रतिबद्धता जनाए ।
त्यसैगरी आईतबारै नेलम्बो नेपालले पोखरा महानगरपालिका वडा नं. २६ सिस्नेरीमा रहेको रामज्योति माध्यमिक विद्यालयलाई पनि डिस्पोजिवल माक्स, पेडियाट्रिक माक्स, फेस सिल्ड, केएन ९५ माक्स, सेनिटाइजर स्ट्याड, र्थमलगन, हात धुने साबुन, स्प्रे बोतललगायत सामग्री सहयोग गर्यो । कार्यक्रममा नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा र कार्यक्रम संयोजक डा. किसन कोइरालाले विद्यालयका प्रधानाध्यापक गुमानाथ लामिछाने तथा शिक्षक अभिभावक समितिका अध्यक्ष कुल बहादुर थापालाई हस्तान्तरण गरे ।
कार्यक्रममा बोल्दै स्ांस्थाका अध्यक्ष देवकोटाले हरेक शिक्षक विद्यार्थी र अभिभावक नैतिक जिम्बेवारी रहेमा कोभिड १९ को महामारीमा पनि शिक्षणकार्यलाई सहज बनाउन सकिने बताए । उ
शिक्षक अभिावक समितिका अध्यक्ष थापाले विद्यालयले स्थास्थ्य सुरक्षाका सामग्रीहरुको जोहो गर्न नसकेको अवस्थामा नेलम्बो नेपालले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गरे ।
िनेलम्बोले जनकल्याण माविलाई रु १९,५९५।— र रामज्योति माध्यमिक विद्यालयलाई रु २१,९७५।— गरि जम्मा रु ४१,५७०।— रुपैया वरावरको स्वास्थ्य सुरक्षाका सामग्रहरु हस्तान्तरण गरेको नेलम्बो नेपलका जनसम्र्पक अधिकृत भीमप्रसाद भण्डारीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







