कोरोना संक्रमणबाट तनहुँका ६४ वर्षिय पुरुषको पोखरामा मृत्यु भएको छ ।
कोरोनाबाट तनहुँको ब्यास नगपालिका–५ का ६४ वर्षिय पुरुषको सोमबार उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पताल अन्र्तगतको कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
उनमा गत मंसिर २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । साथै उनमा कोरोना, निमोनिया, उच्च रक्तचाप लगायतका समस्या रहेको निर्देशनालयले जनाएको छ ।
योसहित गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या १८८ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







