गण्डकी प्रदेशमा ४० संक्रमित थपिँदा ७० कोरोनामुक्त


     एभरेस्ट आवाज    
     पौष ७ गते २०७७ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा मंगलबार कोरोना संक्रमित भन्दा निको हुने बढेका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न जिल्लाका ४० जना कोरोना संक्रमित हुँदा ७० जना कोरोनामुक्त भएका छन् ।

यो सहित गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १४ हजार ५९ पुगेको छ । ती मध्य १२ हजार १६६ जना कोरोनामुक्त भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

आज थपिनेमध्य कास्कीका ३३, स्याङ्जाका ४ र तनहुँका ३ जना छन् ।
४९१ जनामा गरिएको पिसिआर परीक्षणमा २२ पुरुष र १८ जना महिलामा संक्रमण पाइएको हो ।
अब गण्डकी प्रदेशमा एक हजार ७०५ जना आइसोलेसनमा छन् । जसमध्य १५२२ जना होम आइसोलेसनमा रहृेको निर्देशनाले विवरणमा जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको ज्यान गएसंगै प्रदेशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८८ पुगेको छ ।

यस्तो छ जिल्लागत विवरण :


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।