गण्डकी प्रदेशको बजेट : बाँझो खेतमा खेती गर्न १ करोड ५२ लाख विनियोजन


     एभरेस्ट आवाज    
     असार १ गते २०८० मा प्रकाशित




पोखरा, असार १

गण्डकी प्रदेश सरकारले बाँझो खेतमा खेती गर्न डेढ करोड रुपैयाँ विनियोजन गरेको छ । गण्डकी प्रदेश सरकारका तर्फबाट प्रदेश अर्थमन्त्री जितप्रकाश आलेले आगामी आर्थिक वर्ष २०८०÷८१ मा बाँझो खेतमा खेती गर्न १ करोड ५२ लाख रुपैयाँ बिनियोजन गरिएको बताए ।

स्थानिय तहसँगको साझेदारीमा भूमि बैंकको अवधारण लागु गरी बाँझो खेतमा खेती गर्नका लागि ‘प्रदेश सरकारको साझेदारी, बाँझो रहन्न खेतबारी’ भन्ने अभियान सञ्चालन गरिने उनले बताए । अभियान अन्तर्गत बाँझो रहेको खेतबारीमा खेती गर्न किसानलाई प्रोत्साहन गरिने अर्थमन्त्री आलेले बताए । उनले बाँदर प्रभावित क्षेत्रमा रहेका बाँझो खेतमा घाँस खेती गरि पशुपालनलाई प्रवद्र्धन गरिनेपनि उल्लेख गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।