पोखरा । जिल्ला समन्वय समिति कास्कीले भदौसम्म नदी तथा खानीजन्य पदार्थको उत्खनन् गर्ने कार्य कडाईका साथ पालना गर्न निर्देशन दिएको छ । कास्कीका विभिन्न खोला तथा नदीहरुबाट अवैध रुपमा नदी तथा खानीजन्य पदार्थको उत्खनन् गर्ने कार्य नरोकिएपछि जिसस कास्कीको सोमबार बसेको बैठकले त्यस्ता कार्य गर्न रोक्न निर्देशन दिएको हो ।
नदीजन्य पदार्थ उत्खनन सम्बन्धि संघीय मापदण्ड पहिलो संसोधन–२०७९ को दफा ४ को १६ नम्बर बुँदा बमोजिम असारदेखि भदौ मसान्तसम्म सबै किसिमको उत्खनन गर्न पाईंदैन । तर पोखराको फेवाताल सिल्टेसन ड्याम, सेती नदीलगायतका ठाउँहरुमा अहिले असारको मध्य हुँदापनि नदीजन्य पदार्थको उत्खनन् तथा बिक्री वितरण भइरहेका छन् ।
सोहि विषयलाई मध्यनजर गर्दै जिसस कास्कीले कास्कीका सबै पालिकालाई नदी तथा खानीजन्य पदार्थको उत्खनन् गर्न रोक लगाएको नदि तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिका अध्यक्ष तथा जिसस कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिए ।
जिससले सम्पूर्ण पालिकालाई नदीजन्य पदार्थको मौज्दात प्रमाणित गराइ सो को जानकारी सात दिन भित्र जिल्ला अनुगमन समितिलाई उपलब्ध गराउन भनेको छ ।
जिसस कास्कीले तोकिएको अवधी भित्र मौज्दात विवरण उपलब्ध नगराएमा कानून अनुसार कारवाही प्रक्रिया अगाडि बढाउनेपनि चेतावनी दिएको छ ।
अनुगमन समितिका सदस्य सचिव एवम् कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले निर्णय कार्यान्वयन भए नभएको कडाइका साथ अनुगमन हुने बताए । ‘कास्कीका कतिपय स्थानमा उल्लेखित मापदण्ड बिपरित उत्खनन जारी रहेको पाइएको हुँदा नियम पालना नगर्नेलाई कानुन अनुसार कारबाहीको दायरामा ल्याईनेछ’–उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







