असार २० पोखरा । नेपाल हवाई खेलकद संस्था ’ना’ को आयोजनामा प्याराग्लाईडिङ उडानमा विशेष निगरानी सहित विधि, प्रविधिको प्रयोग सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
पोखराको प्याराग्लाईडिङ्गलाई थप व्यवस्थित मर्यादित र सुरक्षित बनाउने उद्देश्यलेनेपाल नागरिक उडड्यन प्राधिकरणको प्राविधिक सहयोगमा पोखरामा दुई दिने तालिम सञ्चालन गरिएको आयोजक संस्थाका अध्यक्ष सुनिलबहादुर भट्टराईले जानकारी दिए ।
दुई दिनसम्म चलेको प्रशिक्षण कार्यक्रममा प्राधिकरणको एटीएम (ATM) विभागका प्रमुखबाट सिताराम भण्डारी, उपनिर्देशक देवेन्द्र प्रसाद श्रेष्ठ, वरिष्ठ क्याप्टेन विनोद पुरी लगायतले उडानका क्रममा अपनाउन पर्ने सुरक्षा सर्तकताका साथै उपकरणहरुको प्रयोगसम्बन्धी प्रस्तुती राखेको संस्था उपाध्यक्ष एवं कार्यक्रम संयोजक अनिल केसीले जानकारी दिए ।
संस्थाका अध्यक्ष सुनिल बहादुर भट्टराईको अध्यक्षता भएको कार्यक्रममा, नेपाल नागरिक उडड्यन प्राधिकरण ब्त्ः विभाग प्रमुख सिताराम भण्डारी, संस्थाका महासचिव खेमराज आचार्य लगायतले बोलेका थिए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले प्रवद्र्धन गरेको कार्यक्रममा ६० बढी प्याराग्लाईडिङ्ग कम्पनीका २५० प्याराग्लाईडिङ्ग पाईलटहरुको सहभागिता रहेको थियो ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







